गुल्मी

गुल्मीको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणले गति लिँदै (भिडियो रिपोर्टसहित)

३ चैत २०७७ गुल्मी । गुल्मीको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माण कार्यले गति लिन थालेको छ । पछिल्लो समय विमानस्थलको टर्मिनल भवन र धावन मार्ग निर्माण भइरहेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० सिमीचौरमा निर्माणधिन रेसुङ्गा विमानस्थलका अन्तिम चरणका...

गुल्मीको मालिकामा प्याराग्लाइडिङ महोत्सव, स्थानीय दङ्ग (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७७ गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा प्याराग्लाइडिङ महोत्सव भइरहेको छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्न जिल्लामै पहिलो पटक महोत्सव आयोजना गरिएको हो । प्याराग्लाइडिङ्ग महोत्सवले त्यसक्षेत्रको प्रचारप्रसार र आर्थिक गतिविधिमा समेत टेवा पुर्‍याउने गाउँपालिकाको विश्वास छ ।...

गुल्मीमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु, ६ जना घाइते

६ फागुन, २०७७ गुल्मी । गुल्मीमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । बुधबार साँझ जिल्ला सदरमुकाम तम्घासबाट पराल्मी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडा...

गुल्मीको कंके देउरालीः प्रबल पर्यटकीय सम्भावना बोकेर पनि यसकारण ओझेलमा (भिडियो रिपोर्टसहित)

२४ माघ २०७७ गुल्मी । गुल्मीको मदाने गाउँपालिकाको नाम लिनेबत्तिकै कंके देउराली पनि सँगै आउँछ । थुप्रै पर्यटकीय सम्भावना हुँदाहुँदै पनि प्रचार–प्रसार र उचित संरक्षणको अभावमा कंके देउराली ओझेलमा परेको छ । नौ हेक्टर क्षेत्रफलमा फौलिएको कंके देउरालीमा गुल्मीका...

गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण शुरु (भिडियो रिपोर्टसहित)

११ माघ २०७७ गुल्मी । गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ । विवरण दर्ता गराएको झण्डै १९ महिनापछि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु भएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई राष्ट्रिय परिचय पत्र हस्तान्तरण गरेर...

गुल्मीमा पीसीआर प्रयोगशालाका कर्मचारीले तीन महिनादेखि तलब पाएनन् (भिडियो रिपोर्टसहित)

९ माघ २०७७ गुल्मी । गुल्मीको तम्घासमा रहेको कोरोना परीक्षण प्रयोगशालामा कार्यरत कर्मचारीले ३ महिनादेखि पारिश्रमिक पाएका छैनन् । कर्मचारीले अहिलेसम्म नियुक्ति र तलव सुविधा केही पनि नपाएका हुन् । उनीहरुले यसका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराइरहे पनि सुनुवाइ...

गुल्मीको छत्रकोट गाउँपालिकाले किसानलाई प्रोत्साहन भत्ता दिने (भिडियोसहित)

२९ पुस २०७७ गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले किसानलाई प्रोत्साहन भत्ता दिने तयारी गरेको छ । गाउँपालिकाले खाद्य सुरक्षा सुनिश्चित गर्नुका साथै समृद्ध किसान बनाउने भन्दै प्रोत्साहन भत्ताको कार्यक्रम ल्याएको हो । किसानलाई तीन समूहमा विभाजन गरेर भत्ता दिइने...

गुल्मीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

१२ पुस, २०७७ गुल्मी । गुल्मीमा गएराती ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर– १३ भगारी बस्ने २६ वर्षका टोपबहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला...

गुल्मीमा अटो दुर्घटनामा १ जनाको मृत्यु, ४ जना घाइते

४ पुस, २०७७ गुल्मी । गुल्मीमा गएराती भएको अटो दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटनामा...

गुल्मीमा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु, दुई जना घाइते

१२ मंसिर, २०७७ गुल्म । गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीको हुलमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । ५ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय...