Main News

गुल्मीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

हिमालय टिभी
२०७७ पुष १२ गते ७:२३
गुल्मीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

१२ पुस, २०७७ गुल्मी । गुल्मीमा गएराती ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर– १३ भगारी बस्ने २६ वर्षका टोपबहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

बुटवलबाट खाद्यान्न बोकेर तम्घासतर्फ आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ भगारीस्थित मसिने खोलामा ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । प्रहरीले चालक र ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोष्ट मार्टमका लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *