गुल्मीमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु, ६ जना घाइते
६ फागुन, २०७७ गुल्मी । गुल्मीमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
बुधबार साँझ जिल्ला सदरमुकाम तम्घासबाट पराल्मी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडा नम्बर–१४ ठूलो पँधेरा भन्ने दुर्घटनामा परेको हो ।
दुर्घटनामा मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका–१४ का २७ वर्षीया गोमा नेपाली, २८ वर्षीया शान्ति नेपाली र ४८ वर्षीय एकराज पोखरेलको रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
दुर्घटनामा पोखरेलको घटनास्थलमै र २ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जीपमा सवार ६ जनामध्ये ५ जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारका लागि पाल्पा पठाएको प्रहरीले जनाएको छ । ११ जना सवार रहेको जीपमा २ जना हाल फालेका थिए ।
उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जीप सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया