समाज

गुल्मीको कंके देउरालीः प्रबल पर्यटकीय सम्भावना बोकेर पनि यसकारण ओझेलमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २४ गते १८:१२
गुल्मीको कंके देउरालीः प्रबल पर्यटकीय सम्भावना बोकेर पनि यसकारण ओझेलमा (भिडियो रिपोर्टसहित)

२४ माघ २०७७ गुल्मी । गुल्मीको मदाने गाउँपालिकाको नाम लिनेबत्तिकै कंके देउराली पनि सँगै आउँछ । थुप्रै पर्यटकीय सम्भावना हुँदाहुँदै पनि प्रचार–प्रसार र उचित संरक्षणको अभावमा कंके देउराली ओझेलमा परेको छ ।

नौ हेक्टर क्षेत्रफलमा फौलिएको कंके देउरालीमा गुल्मीका विभिन्न स्थानसहित अर्घाखाँची, बाग्लुङ, प्युठानलगायतका जिल्लाबाट पर्यटक आउने गरेका छन् । देउरालीको मन्दिरमा भाकल गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । कोरोनाका बेला सुनसान बनेको कंके देउराली अहिले पर्यटकको पर्खाइमा छ ।

कंके देउराली क्षेत्रमा विशेष गरी सेतो बरुवा, टिमुर, बोझो, निमपत्ता, आकाशवेली, सुगन्ध कोकीललगायतका जडिबुटी पाइन्छ । यस्तै लालीगुराँस, सेतो गुराँस, रक्तचन्दन, कटुस, ६ प्रकारका धुपी सल्लालगायतका वनस्पति पनि पाइन्छ । यहाँ पर्यटकका लागि आवस्यक थप भौतिक संरचना निर्माण गर्नुपर्ने खाँचो भने देखिएको छ ।

कंके देउरालीमा सडक, मन्दिर र आकर्षक सिंढी निर्माण लगायतका काम भएका छन् । अब ताल बनाउने जनप्रतिनिधिको योजना छ । त्यसबाट रोजगारी सिर्जना हुने विश्वास पनि गरिएको छ ।

सम्भावना बोकेको क्षेत्र भए पनि कंके देउरालीमा खाना र बस्नका लागि गतिला होटल, त्यहाँसम्म पुग्ने मोटरबाटो तथा अन्य भौतिक संरचनाको अभाव छ । स्थानीय र प्रदेश सरकारले यस्ता संरचना निर्माणमा ध्यान दिए गुल्मीको कंके देउराली पर्यटकीय क्षेत्रका रुपमा विकास हुने संभावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *