समाज

गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीको हिँडडुलमा रोक

हिमालय टिभी
२०७७ भदौ १ गते १३:१९
गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीको हिँडडुलमा रोक

१ भदौ, २०७७, गुल्मी । गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीलाई हिँडडुलमा रोक लगाउने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा डीसीसीएमसीको बैठकले जेष्ठ नागरिक र दीर्घरोगीलाई हिँड्डुलमा रोक लगाउने निर्णय गरेको हो ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेकाले सतर्कतास्वरुप जेष्ठ नागरिक र दीर्घरोगीलाई हिँड्डुलमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो ।

सम्बन्धित पालिकाहरुले दीर्घ बिरामीले खाने औषधि व्यवस्थापन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।

त्यस्तै पालिकाभित्र कोभिड–१९ को संक्रमण बढ्दै गइरहेको अवस्थामा सम्बन्धित पालिका र पालिकाअन्तर्गतको कुनै निश्चित क्षेत्र शिल गर्नुपर्ने अवस्था आएका डीसीसीएमसीसँग समन्वय गरेर गर्न सक्ने जिम्मेवारी दिइने निर्णय भएको छ ।

त्यसैगरी जिल्लामा रहेका २ वटा निर्वाचन क्षेत्रमा २ वटा शववाहन खरिद प्रक्रिया अगाडी बढाइने भएको छ ।

त्यसका लागि सम्बन्धित क्षेत्रमा पर्ने पालिकाहरुको समन्वयमा खरिद गर्ने निर्णय भएको छ । त्यस्तै पालिकाहरुले भिटिएमको व्यवस्था गरेर बढी भिडभाड हुने क्षेत्र पहिचाहन गरेर स्वास्थ्य कार्यालयसँग समन्वय गरेर पीसीआर परीक्षण गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *