गुल्मी सदरमुकाम तम्घासमा कोरोना परीक्षण गर्न पीसीआर ल्याब संचालन
२०७७ असोज ९ गते १७:४२
९ असोज, २०७७ गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा कोरोना परीक्षण गर्ने पीसीआर ल्याव सञ्चालनमा आएको छ ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गत असोज १ गते ल्याब उद्घाटन गर्नुभएको थियो । सम्पूर्ण प्राविधिक परीक्षणपछि ल्याब सञ्चालनमा ल्याइएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले जानकारी दिनुभयो ।
ल्याब संचालन भएसँगै जिल्लामा नै स्वाब संकलन गर्न थालिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभयो ।
ल्याबमा एक पटकमा ९४ जनाको स्वाब परीक्षण गर्ने क्षमता छ । यसअघि गुल्मीबाट स्वाब परीक्षणका लागि रुपन्देही पठाइने गरेको थियो ।
प्रतिक्रिया