समाज
संक्रमित आउन थालेपछि आजदेखि गुल्मीमा निषेधाज्ञा
२०७७ भदौ ६ गते १९:०२
२ भदौ, २०७७, गुल्मी । जिल्ला बाहिरबाट कोरोना संक्रमित आउन थालेको भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले आजदेखि निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालले एक हप्ताका लागि जारी गरेको निषेधाज्ञामा अत्याबश्यक काम बाहेक घरबाहिर ननिस्कन नागरिकलाई आग्रह गरेको छ ।
अस्पताल, औषधि पसल र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहेपनि डेरी , तरकारी, फलफुल र मासु पसल बिहान ७ बजे देखि ९ बजे र साँझ ४ बजे देखि ६ बजेसम्म खुल्ला रहनेगरी तोकिएको छ ।
कोरोना संक्रमणका कारण गुल्मीमा ३ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया