Main News

गुल्मीमा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु, दुई जना घाइते

हिमालय टिभी
२०७७ मंसिर १२ गते ९:०८
गुल्मीमा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु, दुई जना घाइते

१२ मंसिर, २०७७ गुल्म । गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीको हुलमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

५ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।

हुलबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा इस्मा गाउँपालिका ४ हुलका ६५ वर्षीय डम्बर हितान, ३५ वर्षीय शिवबहादुर दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका ५ की ८० वर्षीया सुन्दरी थापा घटनास्थलमै ज्यान गएको हो भने १९ वर्षीय फर्सुराम थापाको उपचारको क्रममा जिल्ला अस्पताल गुल्मीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर इस्मा गाउँपालिका ४ हुलका २८ वर्षीया सरस्वति दर्लामी र सहचालक १६ वर्षीय कमल हितान घाइते भएका छन् ।

चालक २४ वर्षीय बुद्ध बस्नेत सकुशल रहेको उपाध्यायले जानकारी दिनुभयो । जीप अनियन्त्रित भई सडकबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *