Main News

गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा पहिरोमा पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

हिमालय टिभी
२०७७ साउन १७ गते ८:०६
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा पहिरोमा पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

१७ साउन, २०७७, गुल्मी । गुल्मीको रूरूक्षेत्र गाउँपालिका ५ बम्घा आटीपाटामा पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

पहिरोमा परेर बिना माझी, उहाँका दुई छोरा र एक छोरीको मृत्यु भएको गाउँपालिकाका अधयक्ष नीलकण्ठ गौतमले जानकारी दिनुभयो । बिनाका​ श्रीमान राजु बोटे भने रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ ।

प्रहरी टोलीले घटनास्थलबाट शव संकलन गरेर स्थानीय विद्यालयमा राखेको गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार घरमाथिबाट पहिरोसहित घर जत्रै ढुंगा पल्टेर एउटा घर बगाएको हो ।

त्यस क्षेत्रका सांसद एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले घटना प्रति दुख व्यक्त गर्दै जनप्रतिनिधिहरू, प्रहरी प्रशासन र युवालाई उद्धार कार्यमा जुट्न आग्रह गर्नु भएको छ।

स्थानीय प्रशासनले वर्षासँगै बाढी र पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *