गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ ११ गते १२:४६
गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण शुरु (भिडियो रिपोर्टसहित)

११ माघ २०७७ गुल्मी । गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ । विवरण दर्ता गराएको झण्डै १९ महिनापछि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई राष्ट्रिय परिचय पत्र हस्तान्तरण गरेर वितरण शुरु गरेको हो । मन्त्री ज्ञवालीले यो परिचयपत्र निकै उपयोगी र महत्वपूर्ण रहेको बताउनु भयो ।

गुल्मीमा १ लाख ७ हजार ३ सय २३ जनाले परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् । गत कात्तिक २३ गते देखि ६१ केन्द्रबाट विवरण संकलन भैरहेको छ ।

अहिलेसम्म गुल्मीका ९ स्थानीय तहमा विवरण संकलन भइसकेको छ । परिचय पत्रमा नागरिकका व्यैक्तिक विवरण र जैविक विवरण लिइन्छ । गुल्मी स्थायी ठेगाना भएका परराष्ट्रमन्त्री ज्ञवालीले गत साउन ३२ गते जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र विवरण दर्ता गराउनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *