समाज
गुल्मीमा पहिरोले मालबाहक ट्रक बगायो
२०७७ साउन ३० गते १४:४४

३० साउन, २०७७ गुल्मी । गुल्मीमा पहिरोसहितको बाढीले मालवाहक ट्रक बगाएको छ ।
लु १ ख ७४०६ नम्बरको ट्रक बुटवलदेखि बाग्लुङको हटियातर्फ जाँदै गर्दा जिल्लाको सत्यवती गाउँपालिका–६ को डहरे ठाडो खोलामा पहिरोसहितको बाढीले करिब २० मिटर बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिनुभयो ।
रोकिराखेको ट्रक बगाएको र क्षतिको विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ । ट्रकलाई बाटोमा ल्याउने कार्यका लागि प्रहरी र स्थानीय परिचालन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रतिक्रिया