आर्थिक

गर्न सके स्वदेशमै छ समृद्धि, कृषिमा समृद्धि खोज्दै गुल्मीका युवा (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २ गते १८:०८
गर्न सके स्वदेशमै छ समृद्धि, कृषिमा समृद्धि खोज्दै गुल्मीका युवा (भिडियोसहित)

२ मंसिर, २०७७ गुल्मी । स्वदेशमा रोगजारीको सम्भावना नदेखेर धेरै युवा विदेश पलायन भएका छन् । तर केही यस्ता पात्र पनि छन्, जो विदेशमा भन्दा स्वदेशमै सम्भावना छ भन्ने आशा लिएर कृषि पेशामा रमाउने गरेका छन् । गुल्मीमा तरकारी खेतीमा रमाइरहेका युवाहरुले राम्रो आम्दानी पनि गर्दै आएका छन् ।

रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा लामो समय बिताएका गुल्मी छत्रकोट गाउँपालिका–२ पल्लिकोटका ४७ वर्षीय इमानसिंह राना पछिल्लो समय तरकारी खेतीमा रमाइरहनु भएको छ ।

विभिन्न ठाउँमा भएका तरकारी खेती हेरेर रानाले व्यावसायिक तरकारी खेती शुरु गर्नुभएको हो । रानाले अहिले १० रोपनी बारीमा व्यावसायिक तरकारी खेती गरिरहनु भएको छ । पहिले–पहिले उत्पादित तरकारी डोकोमा बोकेर बेच्न हिड्ने गरेका रानाको तरकारी लिन अहिले घरमै गाडी आउँछ ।

२०७२ सालबाट टनेलबाहिर टमाटर खेती शुरु गरेका छत्रकोट गाउँपालिका १ हुगाँका ४० वर्षीय दानबहादुर पल्लीले अहिले १० रोपनी जग्गामा ४१ वटा टनेल बनाउनुभएको छ । जसमध्ये १० वटा पक्की टनेल र ३१ वटा कच्ची टनेलमा सिमी, रायो र बन्दा छन् । उत्पादित तरकारी बुटबलमा विक्री हुने भएकाले बजारको पनि कुनै समस्या छैन ।

हुँगामा दुई वर्षअघि लुम्बिनी प्रदेश सरकारको ‘स्मार्ट कृषि गाउँ’ पनि लागू भएको छ । तर सिंचाइ सुविधा नहुँदा समस्या खेप्नु परेको छ । हुँगा, पल्लिकोटलगायतका स्थानमा ठुला खानेपानीका आयोजना निर्माणाधिन अवस्थामा रहेको तथा कुलोबाट सिँचित हुने धेरै क्षेत्र नभएकाले पहिलेदेखि भएका कुलालाई व्यवस्थित गरेर संचालन गर्ने गाउँपालिकाको योजना छ ।

कृषि पेशालाई व्यवसायिक बनाउन सके धेरै युवाले स्वदेशमै रोजगारी पाउने सम्भावना छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गरी आयातित तरकारी प्रतिस्थापनका लागि सम्बन्धित सबै पक्ष सचेत बन्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *