समाज

गुल्मीको मालिकामा प्याराग्लाइडिङ महोत्सव, स्थानीय दङ्ग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १५ गते १६:५७
गुल्मीको मालिकामा प्याराग्लाइडिङ महोत्सव, स्थानीय दङ्ग (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७७ गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा प्याराग्लाइडिङ महोत्सव भइरहेको छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्न जिल्लामै पहिलो पटक महोत्सव आयोजना गरिएको हो । प्याराग्लाइडिङ्ग महोत्सवले त्यसक्षेत्रको प्रचारप्रसार र आर्थिक गतिविधिमा समेत टेवा पुर्‍याउने गाउँपालिकाको विश्वास छ ।

मालिका गाउँपालिकाको वडा नम्बर–४ देउराली डाँडाबाट हुने प्यराग्लाइडिङ उडानबाट मदाने लेकसहित पर्यटकीय र धार्मिक स्थलको अवलोकन गर्न सकिन्छ । पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न महोत्सवले सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ ।

गाउँमै प्याराग्लाइडिङ्ग देख्दा स्थानीय बासिन्दा पनि दंग छन् । उनीहरुले महोत्सवमा मात्र नभई अन्य बेला पनि यसलाई निरन्तरता दिन गाउँपालिकालाई आग्रह गरेका छन् ।

मालिका गाउँपालिकाको आर्थिक सहयोग तथा अर्खबाङ बजार व्यवस्थापन समितिको सहकार्यमा महोत्सव आयोजना गरिएको हो । गाउँपालिकाले प्याराग्लाइडिङ्ग निरन्तर संचालन गरेर स्थानीय युवालाई रोजगारीको दिने योजना बनाएको छ ।

गाउँपालिकाले केही समय अघि देउराली डाँडाबाट प्याराग्लाइडिङ्ग उडानको सफल परीक्षण गरेको थियो । एक महिने महोत्सव फागुन २७ गतेसम्म चल्नेछ । आन्तरिक पर्यटक आकर्षित गर्न तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने गाउँपालिकाको उद्देश्यमा महोत्सवले सहयोग पुर्‍याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *