प्रहरी

तीन महिने छोराको हत्या, बुबा प्रहरी नियन्त्रणमा

१८ फागुन २०७७ बैतडी । बुबाको कुटाइबाट बैतडीमा आज तीन महिने छोराको ज्यान गएको छ । ज्यान जानेमा पञ्चेश्वर गाउँपालिका–७ खनाडीका तीन महिनाका शिशु लक्ष्मण चन्द रहेका छन् । लक्ष्मणको उनका ४४ वर्षीय बुबा राजबहादुरले हत्या गरेका हुन् ।...

सिरहामा युवकको शङ्कास्पद मृत्यु, प्रहरीमा किटानी जाहेरी दर्ता

१७ फागुन २०७७ सिरहा । सिरहा नगरपालिका–१८ इटारीमा एक युवकको शङ्कास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा इटारी निवासी २२ वर्षीय अजितकुमार यादव रहेको प्रहरीले जनाएको छ । आपसी विवादमा साढुदाइ नाता पर्ने मुनेश्वर यादवले निर्घात कुटपिट गर्दा अजितको...

अपहरित दम्पतीको खोजीमा प्रहरीले चासो नदेखाएको भन्दै स्थानीय आन्दोलित

१६ फागुन २०७७ महोत्तरी । महोत्तरीबाट अपहरित एक दम्पतीको खोजीमा प्रहरीले चासो नदेखाएको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन । पिपरा गाउँपालिका वडा नम्बर ५ सहोड्वाका ६५ वर्षीय मुसाफिर झा र उहाँकी ६० वर्षीया श्रीमती गीता देवीको गत सोमबार...

उत्कृष्ट काम गर्ने ट्राफिक प्रहरी सम्मानित (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७७ काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उत्कृष्ट काम गर्ने ट्राफिक प्रहरीलाई सम्मान गर्न थालेको छ । ट्राफिक प्रहरीले नागरिकलाई गर्ने व्यवहार राम्रो होस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम शुरु गरिएको महाशाखाले जनाएको छ । कार्यक्रमअन्तर्गत फिल्डमा...

अपराधिक गतिविधि रोक्न प्रहरीको नयाँ कार्ययोजना (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ कपिलवस्तु । विद्यालयस्तरमा हुने अपराधका गतिविधि रोक्न कपिलवस्तुमा प्रहरीले नयाँ कार्ययोजना बनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यसलाई पाठ्यक्रम भनेको छ । देशमै पहिलो पटक विद्यालय प्रहरी साझेदारीको उद्देश्यसहित कार्ययोजना बनाइएको प्रहरीको दाबी छ ।...

विद्यार्थी कुट्ने प्रअ प्रहरीको नियन्त्रणमा, कारबाहीको माग गर्दे विद्यार्थी आन्दोलित (भिडियो रिपोर्टसहित)

११ फागुन २०७७ कञ्चनपुर । कञ्चनपुरमा शिक्षकको कुटाईबाट घाइते एक विद्यार्थी अस्पताल भर्ना भएकी छन । कुटपिटमा संलग्न कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ९ स्थित बैजनाथ सिद्धनाथ माविका प्रधानध्यापक खड्क सिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यी नाराजुलुस...

कसरी भएको थियो भागरथी भट्टको हत्या, प्रहरीले सार्वजनिक गर्‍यो यस्तो विवरण (भिडियो रिपोर्टसहित)

५ फागुन २०७७ बैतडी । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । दोगडाकेदार गाउँपालिका वडा नम्वर ७ की भागरथीको हत्या भएको १३ दिनपछि प्रहरीले अभियुक्त सार्वजनिक गरेको...

भागरथी हत्या प्रकरण : हत्यारा नजिक पुगेको प्रहरीको दाबी

२ फागुन २०७७ बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृत फेला परेको १० दिन पुगेको छ । गत माघ २२ गते विभत्स र निर्वस्त्र अवस्थामा स्थानीय लवलेक जङ्गलमा भागरथीको शव फेला परेको थिायो ।...

ट्राफिक प्रहरीले हराएका मोटरसाइकल खोजेर सम्बन्धित धनीलाई बुझायो (भिडियो रिपोर्टसहित)

२७ माघ २०७७ काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकल खोजेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज कार्यक्रम नै गरेर मोटरसाइकल हस्तान्तरण गरेको हो । उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल बालाजु, टोखा,...

भागरथी भट्ट हत्यामा नजिककै व्यक्तिको संलग्नता रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष

२५ माघ २०७७ बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चुडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा नजिककै व्यक्तिको संलग्नता हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। अनुसन्धानमा संलग्न अधिकारीहरुले भट्टको हत्या परिचित व्यक्तिबाटै भएको प्रारम्भिक निष्कर्ष निकालेको हो ।...