Main News

प्रहरी प्रयोग गरेर बञ्चरेडाँडामा फोहर विसर्जन

हिमालय टिभी
२०८० साउन ५ गते १८:०३
प्रहरी प्रयोग गरेर बञ्चरेडाँडामा फोहर विसर्जन

५ साउन २०८० काठमाडौं । प्रहरीको स्कर्टिङबाट काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडामा लगेर विसर्जन गर्न थालिएको छ।

काठमाडौं उपत्यकाबाट फोहर बोकेर गएका करिब १ सय २० वटा गाडी बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका छन् । फोहर बोकेका गाडीलाई स्थानीयले सिसडोलमा अवरोध गर्न खोजे पनि प्रहरीले बल प्रयोग गरेर भीड पन्छाएको थियो ।

नुवाकोटको ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले स्थानीयको विरोधका बाबजुद पनि प्रहरीले बल प्रयोग गरेर फोहर लगेको जानकारी दिनुभयो ।

राज्यले सधैं बञ्चरेडाँडा र सिसडोलीबासीलाई दमन गरिरहेको भन्दै स्थानीय आक्रोशित भएका छन ।

नुवाकोटको ककनी गाउँपालिका र धादिङ्गको धुनिबेसी नगरपालिकाका बासिन्दा एक वर्ष अघि काठमाडौं महानगरपालिका, सहरी विकास मन्त्रालय र दुई पालिकाबीच भएको सहमति कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिएका थिए । सर्वोच्च अदालतले फोहर फाल्न अवरोध नगर्न सोमबार आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *