विदेश

भारतीय पत्रकारहरुको निवासमा दिल्ली प्रहरीको छापा

हिमालय टिभी
२०८० असोज १६ गते १३:३३
भारतीय पत्रकारहरुको निवासमा दिल्ली प्रहरीको छापा

१६ असोज २०८० नयाँ दिल्ली । भारतमा पत्रकारहरुको निवासमा दिल्ली प्रहरीले छापा मारेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार प्रहरीले ३० भन्दा बढी स्थानमा छापा मारेको छ । तर कसैलाई पनि नियन्त्रणमा लिएको खबर सार्वजनिक भएको छैन । दिल्ली प्रहरीले यसबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।

प्रेस क्लब अफ इण्डियाका अनुसार आज बिहान पत्रकारहरु र न्यूज क्लिकसँग सम्बन्धित व्यक्तिहरुका घरमा प्रहरीले छापा मारेको हो । उसले पत्रकारका घरमा छापा मारिनु चिन्ताजनक भन्दै घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ ।

यसबारे औपचारिक जानकारी दिन सरकारसँग मागसमेत गरिएको छ । केही समय अघि न्यूज क्लिक पोर्टलमाथि चीनबाट रकम लिएको आरोप लागेको थियो र त्यसविरुद्ध मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको थियो ।

यस प्रकरणमा हालसम्म कसैलाई पनि पक्राउ गरिएको छैन। प्रहरीले आज मारेको छापा पनि पनि सोही घटनासँग सम्बन्धित रहेको बताइएको छ ।

भारतीय जनता पार्टीका सांसदहरुले संसदमा नै न्यूज क्लिकमाथि चिनियाँ लगानीमा सञ्चालन रहेको आरोप लगाएका थिए । न्यूज क्लिकले मोदी सरकार र वीजेपीको आलोचना गर्ने गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *