अमेरिकी मिड टर्म चुनावमा राष्ट्रपति ट्रमको दललाई धक्का
काठमाडौं : अमेरिकी मिड टर्म चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई पछाडि पार्दै डेमेक्र्याटिक पार्टीले जित हासिल गरेको छ ।
विपक्षी डेमोक्रयाटिक पार्टीले कंग्रेसका दुवै सदन- प्रतिनिधि सभा र सिनेटमा स्पष्ट बहुमत हासिल गर्दै ऐतिहासिक जित हासिल गरेको हो । तल्लो सदन ‘हाउस अफ रिप्रिजन्टेटिभ्स’का सबै ४३५ र माथिल्लो सदन ‘सिनेट’का कूल १ सयमध्ये ३५ सिटका लागि निर्वाचन भएको हो । प्रारम्भिक नतिजाअनुसार विपक्षी डेमोक्र्याटिक पार्टीले हाउस अफ रिप्रिजन्टेटिभ्सका २२८ सिटमा अग्रता लिएको छ भने राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले १३९ सिटमा अग्रता लिएको छ।
यसैगरी सिनेटको अहिलेसम्म ३३ सिटको नतिजा घोषणा भइसकेको छ। यीमध्ये डेमोक्र्याटिक पार्टीले २० र रिपब्लिकन पार्टीले १३ सिट जितेको छ। बाँकी २ सिटको मतगणना जारी छ। यस्तै गभर्नर पदका लागि भएको चुनावको नतिजा पनि सार्वजनिक भएको छ। जसमध्ये ३१ राज्यको नतिजा घोषणा गरिएको छ। जसमा ३६ सिटमा प्रतिस्पर्धा भएको छ।
२० डेमोक्र्याट र ११ रिपब्लिकनले जितेका छन्। ५ राज्यहरूमा मतगणना जारी छ। सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा व्यापक जनसमर्थनका साथ दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि यो नतिजा ठूलो राजनीतिक झट्का साबित भएको छ। कंग्रेसका दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण कायम भएसँगै ट्रम्पको बाँकी कार्यकालमा शक्ति सन्तुलन र नियन्त्रणको नयाँ अध्याय सुरु भएको छ।
सुरुवाती प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले मध्यावधिक चुनावको नतिजालाई स्वीकार गर्दै विपक्षी डेमोक्र्याटिक पार्टीसँग मिलेर काम गर्ने संकेत दिएका छन् । उनले विपक्षीले चुनावमा ‘राम्रो काम गरेको’ टिप्पणी समेत गरे। आफ्नो पार्टीको पराजयबारे बोल्दै ट्रम्पले इरानसँगको युद्ध र त्यसका कारण बढेको इन्धन तथा उपभोग्य वस्तुको मूल्यवृद्धिलाई हारको प्रमुख कारणका रूपमा स्वीकार गरेका छन्।

प्रतिक्रिया