भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना
काठमाडौं : भारतको उत्तरखण्ड चमोली जिल्लास्थित जोशीमठ नजिकै छ जना सवार एउटा हेलिकोप्टर दुर्घटनामा परेको छ ।
दुर्घटनापछि बेपत्ता भएकाको खोजी तथा उद्धार कार्य तीव्र पारिएको स्थानीय अधिकारीले जनाएका छन् । उत्तरखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीका अनुसार हेलिकोप्टर जोशीमठ नजिकैको एउटा गाउँ आसपासमा खसेको हो ।
दुर्गम हिमाली क्षेत्रमा जिल्ला प्रशासन, आपदा व्यवस्थापन विभाग र राज्य आपदा मोचन बल को संयुक्त टोली उद्धारका लागि खटाइएको छ । यद्यपि, हेलिकप्टरमा सवार यात्रुको अवस्था अज्ञात छ । प्रसिद्ध हिन्दू तीर्थस्थल बद्रीनाथबाटआज दिउँसो उडान भरेको केही समयमै हेलिकप्टरको सम्पर्क टुटेको थियो ।
उक्त क्षेत्रमा भइरहेको वर्षा र खराब भिजिबिलिटीका कारण दुर्घटना भएको अनुमान गरिएको छ । भारतीय मौसम विज्ञान विभागले उक्त क्षेत्रमा चट्याङ, असिनापानी र हुरीबतासको चेतावनी दिँदै ‘अरेन्ज अलर्ट’ जारी गरेको थियो ।

प्रतिक्रिया