खेलकूद

कर्णाली याक्ससँग जनकपुर बोल्ट्स पराजित

हिमालय टिभी
२०८३ कार्तिक ११ गते २०:५३
कर्णाली याक्ससँग जनकपुर बोल्ट्स पराजित

काठमाडौं :  नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले सुखद सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित हात पारेको हो।

१३३ रनको लक्ष्य पछ्याएको जनकपुरलाई कर्णालीले ११३ रनमा अलआउट गर्यो। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर कर्णालीले पहिले ब्याटिङ गरेको थियो। जसमा कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको थियो।

जनकपुरका लागि तल्लो क्रममा आएका अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। उनले १७ बलमा २ छक्का प्रहार गरे। कप्तान हर्मित सिंहले बनाएको १९ रन बनाए। उनले १३ बलमा २ चौका प्रहार गरेका थिए। वान डाउन आएका मोइन अलिले पनि १९ रन बनाएका थिए। ओपनर मयन यादव १४ रनमा पेभेलियन फर्किदा अनिल शाहले ११ रन बनाए। जिमी निशम १५ रनमा क्याच भए।

कर्णालीका लागि बलिङतर्फ, युनिश विक्रम सिंह र हुसैन तलातले ३(३ विकेट लिँदा नन्दन यादवले २ विकेट लिए। सोमपाल कामीले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको कर्णालीका लागि ओपनर ब्याटर आरिफूल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा ४ चौका प्रहार गरे। वान डाउन आएका दिपक प्रसाद डुम्रेले १३ रन बनाउँदा गुल्सन झाले १२ रन बनाए। पावरप्लेमा ३ विकेट गुमाएको कर्णालीले ३८ रन मात्र बनाएको थियो। मध्यक्रममा पवन सर्राफले एकतर्फबाट इनिङ्स सम्हालेका थिए। उनले ३७ बलमा ३ छक्कासहित ३७ रन बनाएर क्याच भए। नन्दन यादव ९ रनमा रनआउट भए।

जनकपुर बोल्ट्सका लागि बलिङतर्फ कप्तान हर्मित सिंहले सर्वाधिक ३ विकेट लिँदा मोयन अलि र राहुल यादवले २(२ विकेट लिए। ललित राजवंशीले १ विकेट लिए।

आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको थियो। बुधबार एक मात्र खेल रहेको छ। जसमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्नेछन्। पोखराको पहिलो खेल हुनेछ भने सुदूरपश्चिम रोयल्स भने पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले हारेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *