खेलकूद

एकदिवसीय मान्यता जोगाउन नेपालको संघर्ष

२०८३ असोज २५ गते २०:०८
एकदिवसीय मान्यता जोगाउन नेपालको संघर्ष

काठमाडौं : ओमानमा जारी आईसीसी विश्वकप लिग टु अन्तर्गत अन्तिम सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको छ । यसअघिनै शीर्ष ४ को दौडबाट बाहिरीसकेका यि दुईबीचको प्रतिस्पर्धा एक दिवसिय अन्तर्राष्ट्रिय ओडीआई मान्यता जोगाउनुमा केन्द्रित छ ।

यस्तो पहिलो जितसँगै नेपाल २६ अंक सहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ । यसले नेपाललाई शीर्ष ६ मा रहँदै ओडिआई मान्यता कायम राख्न ठूलो मद्दत गरेको छ भने आगामी ३ खेलको नतिजा निर्णायक बन्नेछ ।

आईसीसी विश्वकप लिग टु अन्तर्गत अन्तिम सिरिजका खेल अगाडि नै शीर्ष ४ को दौडबाट बाहिरिसकेको नेपाललाई अबको मुख्य चुनौती भनेकै एक दिवसिय अन्तर्राष्ट्रिय ओडिआई मान्यता जोगाउनु हो ।

यहि सिरिज अन्तर्गतनै ओमानले क्यानडालाई हराएसँगै नेपालको शीर्ष ४ मा पर्ने सम्भावना औपचारिक रुपमा सकिएको हो । यसको अर्थ हो अब नेपालले सिधै विश्वकप छनोट खेल्न पाउने छैन । लिग टु बाट विश्वकपको ग्लोबल छनोट पुग्ने बाटो बन्द भए पनि नेपाल सामु प्लेअफको मौका भने बाँकीनै छ ।

ओडीआई जोगाउने चुनौती

अमेरिका, स्कटल्याण्ड र नेदरल्याण्ड्ले शीर्ष ३ मा रहँदै ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसक्दा पुछारका ३ टोली क्यानडा, नेपाल र यूएईले प्लेअफको यात्रा तय गर्नु पर्नेछ । यस्तोमा शीर्ष ४ को बाँकी एक स्थानका लागि ओमान र नामिबियाबीच प्रतिस्पर्धा छ । अझै पनि १ सिरिज बाँकी रहेको अवस्थामा ओमान तुलनात्मक रुपमा केहि सहज अवस्थामा छ । तर यहाँ नेपाललाई ग्लोबल छनोटको मौका भन्दा पनि ओडिआई मान्यता जोगाउने मुख्य चुनौती छ । यसका लागि अब नेपालले सिरिजका बाँकी सबै खेल जित्न आवश्यक छ ।)

अंक तालिकामा नेपालसँगैको क्यानडालाई मात्र उछिन्न सक्यो भने त्यो सम्भावना छ । यस्तोमा अब नेपाललाई अधिकतम जित वा अंक जोड्नुको विकल्प छैन ।

प्ले अफको मौका

नेपाल अब ओडीआई र विश्वककप छनोट पुग्ने सम्भावनाका लागि क्वालिफार्यस प्लेअफमा अन्तिम मौका पाउनेछ । जहाँ च्यालेन्ज लिगबाट आउने उत्कृष्ट ४ वटा टोलीसँग खेल्नु पर्ने हुन्छ । च्यालेन्ज लिगमा अहिले सहभागि १२ टोलीलाई २ समूहमा विभाजन गरि खेल भइरहेको छ । च्यालेन्ज लिग बी बाट इटाली र युगाण्डाले प्लेअफमा स्थान बनाइसक्दा ए समूहका २ टोलीको टुङ्गो यसै महिनाको अन्तिमसम्ममा लाग्नेछ । यसरी प्लेअफबाट शीर्ष ४ भित्र पर्न सकियो भने, नेपालले ओडिआई मान्यता पनि जोगाउँछ र विश्वकप ग्लोबल छनोटमा पुग्ने अन्तिम मौका पनि पाउँछ । तर लिग टु मा जस्तो च्यालेन्ज लिगमा भने दोस्रो मौका हुने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *