Main News

नक्क्ली भुटानी शरणार्थी प्रकरण : आज प्रतिवेदन बुझाउने प्रहरीको तयारी

हिमालय टिभी
२०८० जेठ ८ गते १३:१४
नक्क्ली भुटानी शरणार्थी प्रकरण : आज प्रतिवेदन बुझाउने प्रहरीको तयारी

८ जेठ २०८० काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन आज बुझाउने तयारी गरेको छ ।

कानूनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । हिजै जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने भनेको रायसहितको प्रतिवेदन थप अनुसन्धान गर्नुपर्ने देखिएकाले आज बुझाउन लागिएको हो ।

यो प्रकरणमा प्रहरीले अनुसन्धान थालेको भोलि ६० दिन पुग्दैछ । भोलिसम्म थुनछेक बहस सुरु गर्नुपर्ने कानूनी अड्चन छ । प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएसँगै कुन कुन शीर्षकमा मुद्दा चलाउने भन्ने टुंगो लाग्ने छ ।

अहिले प्रहरीले संगठित अपराध, ठगी, किर्ते र राज्यविरुद्धको कसुरसहित ४ वटा मुद्दा चलाउने तयारी गरेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको प्रहरीको निष्कर्ष छ ।

नक्कली शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । यस प्रकरणमा मुछिएका थप १४ जना फरार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *