Main News

खाणलाई किन लगाएन प्रहरीले हत्कडी ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख २९ गते २०:५६
खाणलाई किन लगाएन प्रहरीले हत्कडी ? (भिडियो रिपोर्टसहित)

२९ वैशाख २०८० काठमाडौं । सरकारवादी फौजदारी मुद्दामा अभियुक्तलाई हत्कडी लगाउने प्रचलन छ । तर, पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ससम्मान इजलासमा लगिँदा त्यही मुद्दामा मुछिएका अरू दुई जनालाई थुनुवाको ट्याग सहित हत्कडी लगाएर बाहिर उभ्याइएपछि इजलासको असमान व्यवहारप्रति प्रश्न उठेको छ ।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई साथ दिएको र संगठित आर्थिक अपराधमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण जिल्ला प्रहरी परिसर टेकुमा छन् ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) हरु बस्ने कोठामा राखिएका खाण कुनै अरु आरोपी जस्तो नभइ अतिथिका रुपमा बसिरहेका छन् । सरकार विरोधी फौजदारी अभियोग लागेकालाई हत्कडी लगाउने चलन छ । तर जघन्य संगठित अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका खाणलाई प्रहरीले हत्कडी लगाएन । जिल्ला अदालतका न्यायाधीशकै अघि अधिवक्ताले प्रश्न उठाउँदा समेत सुनुवाइ भएन ।

काठमाडौं जिल्ला अदालतमा पूर्वगृहमन्त्री खाणलाई ससम्मान इजलासमा लगिँदा त्यही मुद्दामा मुछिएका अरू दुई जनालाई थुनुवाको ट्यागसहित हत्कडी लगाएर बाहिर उभ्याइएको थियो । अधिवक्ताले प्रश्न उठाएपछि न्यायाधिशले हत्कडी लगाउने आदेश दिने ठानिएको थियो । तर न्यायाधीश नै मौन बसेपछि कानुनको प्रयोगमा असमानता छताछुल्ल भएको छ ।

त्यसो त नेपाली कांग्रेस पनि खाणका लागि उदार देखिन्छ । पार्टीले खाणलाई अदालतको आदेशपछि मात्रै कारबाही गर्ने भनेको छ । तर प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गरेर समातेको ब्यक्तिलाई जोगाउन किन कांग्रेस उदार बन्यो ? अनि प्रहरीसमेत खाणप्रति उदार किन ?

त्यसो त जिल्ला न्यायाधीशको कार्यालयमा खाणले आफ्नाविरुद्ध बहस नगर्न हात जोड्न समेत भ्याए ।

अरुलाई थुनुवा कक्षको चिसो भुईंमा सुताएको प्रहरीले खाडलाई दुई डिएसपीलाई नै कार्यकक्षबिहिन बनाएर बसाउँदा आम रुपमा यो प्रक्रियामाथि नै प्रश्न उठेको छ । भिआइपीहरुले फटाईं गर्दा समेत सम्मानसहितको अनुसन्धान हुँदा जनताको बलिदानले आएको लोकतन्त्र र जनताको रगत पसिनाले लेखिएको समानताको हकसहितको संविधानको खिल्ली उडेन र ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *