प्रधानन्यायाधीश

प्रधानन्यायाधीशविरुद्ध छानबिन माग गर्दै परेको रिट सर्वोच्चद्वारा दरपीठ

२ माघ २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ । अधिवक्ता माधवकुमार बस्नेतले राणाविरुद्ध दायर गरेको रिट आफ्नो क्षेत्राधिकारभित्र नपर्नेभन्दै सर्वोच्चका रजिष्ट्रार नारायण पन्थीले दरपीठ गर्नुभएको हो । अधिवक्ता बस्नेतले प्रधानन्यायाधीश राणाविरुद्ध...

प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि बारको प्रदर्शन (भिडियो रिपोर्टसहित)

२८ पुस २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनका पदाधिकारीसहित कानून व्यवसायीले आज पनि प्रदर्शन गरेका छन् । प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीसहित कानून व्यवसायीले सर्वोच्च...

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आज पनि बारको प्रदर्शन (भिडियो रिपोर्टसहित)

१८ पुस २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् । आज पनि सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारी तथा कानून व्यवसायीहरुले आन्दोलन...

प्रधानन्यायाधीशले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित

७ पुस २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशनका सम्बन्धमा बोलाउनुभएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । आयोगको आज अपराह्न ३ बजे बस्ने भनिएको बैठकमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी...

प्रधानन्यायाधीश जबराद्वारा न्याय सेवा आयोगको बैठक आह्वान

७ पुस २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्याय सेवा आयोगको बैठक बोलाउनुभएको छ । उहाँले आफू अध्यक्ष रहेको आयोगको बैठक आजका लागि बोलाउनुभएको हो । लामो समयदेखि नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको...

प्रधानन्यायाधीशका विषयमा दलहरु मूकदर्शक भएर बस्न मिल्दैनः बार (भिडियो रिपोर्टसहित)

६ पुस २०७८ काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बहिर्गमनको सम्बन्धमा राजनीतिक दलहरुले आफ्नो निर्णय गर्नुपर्ने बताउनुभएको छ । आज बार एशोसिएशनले सर्वोच्च अदालतमा आयोजना गरेको विरोधको कार्यक्रमपछि बार एशोसिएशनको भवन परिसरमा सम्बोधन...

प्रधानन्यायाधीशको परिवारबाटै न्यायालयमा विचौलियाको संरक्षणः बार (भिडियो रिपोर्टसहित)

२२ मंसिर २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका क्रममा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण...

प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि बारको प्रदर्शन (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ । नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनसहितका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै...

एमसीसी र प्रधानन्यायाधीशविरुद्धको महाभियोग राष्ट्रिय सहमतिबिना अघि बढ्दैनः प्रचण्ड (भिडियो रिपोर्टसहित)

१८ मंसिर २०७८ काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीचको सहमतिविना प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले यही मंसिर २८ गते बोलाइएको संघीय संसदको...

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने सत्ता गठबन्धनको तयारी

१७ मंसिर २०७८ काठमाडौं । सत्तारुढ दलका नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाभियोग लगाउने तयारी भइरहेको बताएका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा नेकपा माओवादी नेता रामनारायण बिडारीले प्रधानन्यायाधीश राणालाई महाभियोग लगाउनका लागि यही मंसीर २८ गते संघीय...