Main News

प्रधानन्यायाधीश छिटो नियुक्त गर्न संसदबाट सरकारको ध्यानाकर्षण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन ३ गते १४:०५
प्रधानन्यायाधीश छिटो नियुक्त गर्न संसदबाट सरकारको ध्यानाकर्षण (भिडियो रिपोर्टसहित)

३ फागुन २०७९ काठमाडौं । नेपाली कांग्रेसले प्रधानन्यायाधीश छिटो नियुक्त गर्न संसदबाट सरकारको ध्यानाकर्षण गराएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कामुको भरमा सर्वोच्च अदालत चलिरहेको भन्दै छिटो प्रधानन्यायाधशी नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

जनताको सार्वभौमताको संरक्षक अदालत कामुको भरमा चलेको विषयमा सरकार गम्भीर नभएको उहाँको टिप्पणी थियो ।

महाभियोग प्रस्तावका बारेमा संविधानको धारा १११ को उपधारा १० मा पहिलो संसदमा भएको कानूनहरू स्वतः निष्क्रिय हुने व्यवस्था गरेकाले निवर्तमान प्रधान्यायाधीश चोलेन्द्रशमशेरको महाभियोग प्रस्ताव अझै नटुंगिएको समेत बताउनुभयो ।

प्रतिनिधिसभामा जबराविरुद्ध १ फागुन ०७८ मा महाभियोग दर्ता भएको थियो । महाअभियोग टुंगो नलागी जबरा निलम्बनकै अवस्थामा अवकाश पाइसकेका छन् ।

अघिल्लो प्रतिनिधिसभाको कार्यकालमा महाअभियोग सिफारिस समितिले जबराविरुद्ध महाअभियोग लाग्ने सिफारिस गरेको थियो । तर, उक्त सिफारिस सहितको प्रतिवेदन प्रतिनिधिसभामा प्रस्तुत हुन सकेन । यसअघि संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले प्रतिनिधिसभाको अघिल्लो कार्यकाल सकिएको भन्दै जबरालाई उनीविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र दिनुभएको थियो ।

उक्त कदमविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएको थियो । महाभियोग निस्क्रिय भएको विषयमा संसद सचिवालयले पठाएको पत्रलाई कानूनविद् र न्यायलयले अन्यथा लिन नहुने समेत उहाँको तर्क थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *