Main News

नवनियुक्त प्रधानन्यायाधीश कार्कीको सपथ

२०८० असार १ गते १८:००
नवनियुक्त प्रधानन्यायाधीश कार्कीको सपथ

१ असार २०८० काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वाेच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

राष्ट्रपति भवनमा आज आयोजित समारोहमा उहाँले सपथ लिनुभएको हो । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमु्ख र विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो ।

संवैधानिक परिषद्ले उहाँलाई गत वैशाख २५ गते नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्दै संसदीय सुनुवाइ गर्न सङ्घीय संसद् समक्ष पठाउने निर्णय गरेको थियो ।

समितिले आज उहाँको कार्ययोजना र उहाँ विरुद्ध प्राप्त उजुरीमाथिको छलफल र प्रश्नोत्तरपछि प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *