Main News

आफूलाई नजरबन्दमा राखेको निलम्बित प्रधानन्यायाधीश जबराको आरोप

हिमालय टिभी
२०७९ असोज २ गते १३:१७
आफूलाई नजरबन्दमा राखेको निलम्बित प्रधानन्यायाधीश जबराको आरोप

२ असोज २०७९ काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सरकारले आफुलाई नजरबन्दमा राखेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै सर्वोच्च अदालत प्रवेशको तयारीमा रहेका जबरा बसेको सरकारी निवास बालुवाटारमा सुरक्षाकर्मी बढाइएको छ भने आवत–जावतमा समेत रोक लगाइएको छ ।

हिमालय टेलिभिजनसँगको कुराकानीमा निलम्बित प्रधानन्यायाधीश जबराले आफुलाई बाहिर जान नदिएर सरकारले नजरबन्दमा राखेको भन्दै कानूनी राज्यकै उपहास गरेको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले आफूलाई रोक्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताउनुभएको छ । उहाँले सर्वोच्च छिर्न नदिने योजना बनाएर सरकार अराजकतातर्फ गएको टिप्पणी पनि गर्नुभयो ।

यतिबेला सर्वोच्च परिसर र प्रधानन्यायाधीशको सरकारी निवास वालुवाटारमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले ९ वटा कारण देखाउँदै निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध लगाइएको महाभियोग पुष्टि हुने निष्कर्ष निकालेको छ ।

तर, जबराले संसदको कार्यकाल सकिएसँगै आफ्नो महाभियोग पनि निष्क्रिय हुने दाबी गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *