Main News
प्रधानन्यायाधीश श्रेष्ठद्वारा शपथ ग्रहण
२०८० भदौ ५ गते १७:१३
![प्रधानन्यायाधीश श्रेष्ठद्वारा शपथ ग्रहण](https://www.himalayatv.com/wp-content/uploads/2023/08/sapath.jpg)
५ भदौ २०८० काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई शपथ गराउनु भएको हो ।
श्रेष्ठ सोमबार सर्वोच्च अदालतको ३१औं प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको थियो । शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, संवैधानिक अंगकका प्रमुखहरू, न्यायाधीश, नेपाल बार एसोसिएसनका अध्यक्ष, नेपाल सरकारका मुख्य सचिव, उच्चपदस्थ सरकारी अधिकारी तथा सुरक्षा प्रमुखको उपस्थित थिए ।
संवैधानिक परिषद्ले १८ साउनमा श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
प्रतिक्रिया