Main News

निलम्बित प्रधानन्यायाधीश जबराले दिए आज पाँच प्रश्नको जवाफ

हिमालय टिभी
२०७९ भदौ १९ गते १५:०१
निलम्बित प्रधानन्यायाधीश जबराले दिए आज पाँच प्रश्नको जवाफ

१९ भदौ २०७९ काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग महाअभियोग सिफारिस समितिले तेस्रो दिनको बयानमा ५ वटा प्रश्न सोधेको छ ।

बिहान ११ बजे सुरु भएको बयानमा जबरालाई उहाँले फैसला गरेका विभिन्न मुद्दाका बारेमा प्रश्न गरिएको समिति सदस्यहरुले बताएका छन् ।

बयानका क्रममा राणाले पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्दामा गरेको फैसलामा आत्मालोचना गर्नु भएको थियो । उहाँले समिति सदस्यहरुलाई त्यही मुद्दाको आधारमा आफूविरुद्ध महाभियोग लगाएको भए स्वीकार्य हुनेसमेत जवाफ दिनु भएको छ ।

यसअघि उहाँले भदौ १५ र १६ गते बयान दिनु भएको थियो । जबरालाई १५ गते चारवटा र अर्को दिन दुईवटा प्रश्न सोधिएको थियो । बयानका लागि ४३ वटा प्रश्न तयार पारिएको छ ।

बयानका क्रममा संसद र सांसद प्रति नै प्रतिप्रश्न गर्नुका जबराले न्यायाधीशमाथि पनि प्रश्न उठाउनु भएको छ। जबराले न्यायालयमा बेथिति बढाएको, राजनीतिक भागबण्डा खोजेको लगायतका २१ आरोप लगाएर सत्तारुढ दलका ९० सांसदले गत फागुन १ गते महाभियोग दर्ता गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *