Main News

प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कार्कीविरुद्ध उजुरी आह्वान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ १६ गते १३:३३
प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कार्कीविरुद्ध उजुरी आह्वान (भिडियो रिपोर्टसहित)

१६ जेठ २०८० काठमाडौं । संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान भएको छ ।

सिंहदरबारमा आज बसेको संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठकले १० दिनभित्र कार्कीविरुद्ध उजुरी दिन आह्वान गरेको हो । सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यमबाट प्रकाशन हुनेछ ।

कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ । यसपटक बेनामे उजुरी दिन पाइने छैन ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले प्रधानन्यायाधीशका लागि सिफारिस भएका कार्कीको नाम समितिसमक्ष वैशाख २७ गते पत्र प्राप्त भएको भन्दै उहाँको व्यक्तिगत विवरणको प्रतिलिपि समिति सदस्यहरुलाई वितरण गर्न सचिवालयलाई निर्देशन दिनुभयो ।

कायममुकायम प्रधानन्यायाधीश कार्की गत वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुनु भएको थियो । उहाँ १५ महिनादेखि सर्वोच्चमा कायममुकायम प्रधानन्यायाधीशको रूपमा हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *