प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ शुरु हुँदै
४ भदौ २०८० काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ आजदेखि शुरु हुँदैछ ।
संसदीय सुनुवाइ समितिले आज बिहान साँढे दश बजे उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै साढें ११ बजे श्रेष्ठसँग छलफल गर्ने भएको हो ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको हो ।
गत साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । साउन २३ गते बसेको समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो ।
समितिले तोकेको १० दिनको समयमा तीन वटा उजुरी परेको छ। समितिले श्रेष्ठको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नु हुनेछ ।
प्रतिक्रिया