प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रमुख तीन दलबीच सहमति
४ वैशाख २०८० काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको हो ।
यस्तै सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी संशोधान विधेयक, संसद सञ्चालन र संसदीय समितिलाई पूर्णता दिन पनि तीन दल सहमत भएका छन् ।
बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओली सहभागी हुनुहुन्थ्यो ।
यस्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, एमाले प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला पनि सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया