धादिङ

धादिङको चेपाङ बस्तीमा भोकमरी, सयौं चेपाङ भोकै बस्न बाध्य (भिडियो रिपोर्टसहित)

२४ जेठ २०७८ धादिङ । धादिङको दक्षिणी विकट गाउँमा रहेको चेपाङ वस्तीमा भोकमरी शुरु भएको छ । जंगलमा कन्दमुल, गिठ्ठा भ्याकुर समेत नपाएपछि धादिङका चेपाङ भोकभोकै बस्न बाध्य छन् । चेपाङ वस्तीमा भोकमरी भए पनि कसैले सहयोग नपाएको उनीहरुको...

कोरोना संक्रमणबाट धादिङका जिल्ला न्यायाधीश पौडेलको निधन

२१ जेठ २०७८ धादिङ । जिल्ला अदालत धादिङका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणकाबाट मृत्यु भएको छ । उहाँको उपचारका क्रममा बिहान काठमाडौं सानेपाको स्टार अस्पतालमा मृत्यु भएको हो । ५५ वर्षीय पौडेल २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत हुनुहुन्थ्यो...

धादिङको आँखुखोलाले बगाउँदा दम्पतीको मृत्यु

८ जेठ २०७८ धादिङ । धादिङमा आँखुखोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ । नेत्रावती डबजोङ गाउँपालिका र गंगाजमुना गाउँपालिकाको सिमानामा रहेको आँखु खोलाले बगाउँदा एकै परिवारका २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान साढे ७ बजेको...

धादिङमा आज एकैदिन १ सय ३७ जनामा संक्रमण, थप पाँच जनाको मृत्यु

४ जेठ २०७८ धादिङ । धादिङका थप १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको नीलकण्ठका २, धुनीबेशीका ९, गल्छीका ३०, गजुरीका २ , बेनिघाट रोराङका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको...

धादिङमा ७० जना संक्रमित थपिँदा थप ३ जनाको मृत्यु

३ जेठ २०७८ धादिङ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ७० जना कोरोना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएअनुसार आज नीलकण्ठ नगरपालिकामा ४७, धुनीबेसी नगरपालिकामा २ र त्रिपुरासुन्दरीमा १...

उपभोक्ताको गुनासोसँगै धादिङमा बजार अनुगमन तिब्र

३ जेठ २०७८ धादिङ । धादिङमा कोरोना संक्रमणको रोकथाम तथा न्युनीकरणका लागि लागू गरिएको निषेधाज्ञा जारी छ । निषेधाज्ञाको समयमा व्यवसायीहरुले बजारमा मूल्य वृद्धि गरेको गुनासो आउन थालेपछि धादिङमा अनुगमन तिव्र पारिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङ, घरेलु...

धादिङमा चेपाङ किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप

२६ वैशाख २०७८ धादिङ । धादिङको बेनिघाटरोराङ गाउँपालिकाका चेपाङ किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको संक्रमण फैलिएको छ । गाउँपालिकाको वडा नं ८ को राक्सिराङ, जिर्वाङ, यार्वाङ, साचक, गोठीभन्ज्याङ, वडा नं ९ को रोवाङ, थान्सिङ, पिपलडाँडा, ऐवाङ, वडा नम्बर...

धादिङमा १८ महिने बालकसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि

१३ वैशाख २०७८ धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा १८ महिने बालकसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका सूचना अधिकारी कृष्ण बहादुर पौडेलका अनुसार नेत्रावती डवजोङ गाउँपालिकाको वडा नम्बर ३ मा २ जना र वडा नम्बर...

घरघरमा धारा पुगेपछि दंग छन् धादिङको पिडाका बासिन्दा (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७८ धादिङ । धादिङको पिडामा खानेपानीको सधैं हाहाकार हुन्थ्यो । खानेपानीकै लागि गाउँलेबीच झैंझगडा त सामान्य जस्तै थियो । तर अहिले यो गाउँमा परिस्थिति फेरिएको छ । घरघरमा धारा पुगेका छन् । धादिङको पिडा गाउँ, नामजस्तै यो...

यसरी प्रदुषित हुँदै धादिङको थोपल खोला (भिडियो रिपोर्टसहित)

१ वैशाख २०७८ धादिङ । राजधानी काठमाडौंका नदीनाला प्रदुषित भएको सबैलाई जानकारी छ । राजधानीका नदीनाला मात्रै नभएर नयाँ शहर बस्दै गरेका स्थानका नदीनालाले पनि त्यस्तै नियति भोग्नुपर्ने अवस्था आएको छ । यसैको एउटा उदाहरण हो धादिङको थोपल खोला...