धादिङमा राहदानी लिन सहज (भिडियो रिपोर्टसहित)
२०८० साउन ३० गते १६:४४
३० साउन २०८० धादिङ । धादिङमा राहदानी लिनका लागि सेवाग्राहीले पाउने सास्ती पाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
टोकन वितरण मार्फत सेवा दिन थालेसंगै राहादानी बनाउदा पाउने सास्ती अन्त्य भएको हो । रोजगार, अध्ययन, भ्रमणका लागि विदेशी मूलुकमा जाँदा चाहिने राहादानी बनाउन सास्ती भोगेका नागरिकलाई अहिले सहज भएको छ ।
विगतमा अनलाइनबाट राहादानी दिँदा फर्म भरिदिने नाममा साइबरहरुले बढी पैसा असुल्ने गरेको गुनासो आउने गरेको थियो । सेवाग्राहीले दुई तीन महिनासम्म पालो नपाउने समस्या भएपछि असार ३ गतेबाट टोकन प्रणाली लागु गरिएको हो ।
टोकन प्रणाली लागु गरेपछि सेवाग्राहीको गुनासो कम भएको छ । अहिले बढीमा ७ दिन भित्र सेवाग्राहीले राहादानी पाउने अवस्था बनेको छ ।
प्रतिक्रिया