Main News

धादिङमा गुडिरहेको बसमा कसरी भयो आगलागी ?

२०८० वैशाख ३० गते १३:३१
धादिङमा गुडिरहेको बसमा कसरी भयो आगलागी ?

३० वैशाख २०८० धादिङ । त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिबेशी–९ गणेशस्थानमा गुडिरहेका बसमा आगलागी भएको छ ।

नीलकण्ठ नगरपालिका–१ पात्लेबाट काठमाडौंका लागि छुटेको ग १ ख ४८४६ नम्बरको बसमा एक्कासी आगलागी भएको हो ।

बसमा सवार ३३ जना यात्रु सकुशल छन् भने बसको सिट जलेर नष्ट भएको छ । बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो निभाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *