Main News

धादिङमा भएको बस दुर्घटनामा २६ जना घाइते

२०८० भदौ २ गते ८:३५
धादिङमा भएको बस दुर्घटनामा २६ जना घाइते

२ भदौ २०८० धादिङ । दाङको तुलसीपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।

बागमती प्रदेश ०३ ००१ख २६७५ यात्रुवाहक बस आज बिहान करीब ४ बजेर ४५ मिनेटमा दुर्घटना भएको हो । तिब्र गतिमा गुडेको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाऊँपालिका–९ र १० को सिमाना हुग्दीखोलामा अनियंत्रित भएर दुर्घटना भएको हो।

बसमा ३५ यात्रु सवार थिए । घाइते ९ जनालाई थप उपचारका लागि काठमाडौँको ट्रमा सेन्टरमा पठाइएको छ ।

घाइते अन्य १७ जनाको मलेखुस्थित टिचिंग अस्पतालमा उपचार भइरहेको ज़िल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *