धादिङ धुनीबेशीका नागरिकको समस्या “स्वास्थ्य केन्द्रमा एक्स रे छ, चल्दैन” (भिडियो रिपोर्टसहित)

८ जेठ २०८० धादिङ । धादिङको धुनीबेशी नगरपालिकाको स्वास्थ्य केन्द्रमा एक्स रे छ । तर, प्रयोग भइरहेको छैन ।
ठूलो रकम खर्च गरेर ल्याइएको मेसिन प्रयोगविहीन हुँदा एकातिर बिग्रिने खतरा बढेको छ भने सेवाग्राही एक्स रे गराउनकै लागि काठमाडौं धाउनुपर्ने बाध्यता छ ।
धादिङ धुनीबेसी नगरपालिका वडा नम्बर ७ स्थित खानीखोलामा रहेको स्वास्थ्य चौकीमा नगरपालिकाले डेढ वर्षअघि २५ लाख रुपैयाँ खर्चिएर एक्स रे मेसिन ल्याएको थियो ।
नगरपालिकाको नौविसे स्वास्थ्य चौकीका लागि खरिद गरिएको यो उपकरण अहिले प्लास्टिकले छोपेर राखिएको छ । आफ्नो ठाउँमै एक्सरे गर्ने उपकरण हुँदा हुँदै नागरिक काठमाडौं धाउन बाध्य छन् ।
प्राविधिक कारण देखाउँदै एक्सरे मेसिन संचालन गर्न नसकेको स्वास्थ्य चौकीको दाबी छ । हाल बन्दै गरेको नयाँ अस्पताल भवनका लागि खरिद गरिएकोले पुरानो भवनमा एक्स रे संचालन गर्न नसकिएको अस्पतालको तर्क छ।
पृथ्वीराजमार्गसँगै जोडिएको स्वास्थ्य चौकीमा स्थानीय मात्रै नभएर दुर्घटनालगायत आपतकालिन अवस्थामा अन्यत्रका बिरामी पनि पुग्ने गर्छन् ।
यस्तो संवेदनशील ठाउँमा एक्से मात्र नभएर अन्य उपकरण पनि अत्यावश्यक छ । तर, भएको उपकरण पनि संचालन नगर्नु सम्बन्धित निकाएको लापरवाही भएको भन्दै स्थानीयले छिटोभन्दा छिटो एक्सरे उपकरण संचालनका लागि माग गरेका छन् ।
प्रतिक्रिया