धादिङमा माइक्रोबस दुर्घटनामा १७ घाइते
२०८० साउन २४ गते ८:४१

२४ साउन २०८० धादिङ । पोखराबाट काठमाडौंं आउँदै गरेको माइक्रोबस (हायस) धादिङको गजुरी गाउँपालिका–५ बाङ्गेमोडमा दुर्घटनामा परेको छ ।
चालक सहित १७ जना घाइते भएका छन् । तीब्र गतिमा कुदेको बा २ ख ४५६७ नम्बरको माइक्रोबस ओभर्ट्ग गर्ने क्रममा अनियंत्रित भई सडक छेउमा पल्टिएको हो । घाइते हुनेहरुमा तीन जना महिला र ११ जना पुरुष छन् ।
छ जना गम्भीर घाइते छन् । तीमध्ये ४ जनालाई काठमाडौं पठाइएको र गम्भीर घाइते ४ जनालाई गजुरी अस्पतालमा सामान्य उपचारपछि काठमाडौं लाने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
पोखराबाट २ जना बच्चासहित १७ जना सवार थिए । बच्चाहरुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया