Main News

धादिङको रुवीभ्याली गाउँपालिकाको गाउँसभामा झडप (भिडियो रिपोर्टसहित)

२०८० असार १० गते १६:३४
धादिङको रुवीभ्याली गाउँपालिकाको गाउँसभामा झडप (भिडियो रिपोर्टसहित)

१० असार २०८० धादिङ । धादिङको रुवी भ्याली गाउँपालिकाको गाउँसभाको क्रममा झडप भएको छ ।

आइतबार गाउँपालिका कार्यालय सेर्तुङमा सुरु भएको १३औं गाउँसभाको अधिवेशनका क्रममा विवाद हुँदा झडप र तोडफोड भएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विद्यालयमा पढाइरहेका शिक्षकलाई स्रोत व्यक्ति नियुक्त गरेको भन्दै विरोध गरेका थिए । त्यस क्रममा उनीहरुले गाउँसभा भइरहेको मञ्चमा तोडफोड गरेका थिए ।

त्यसपछि भएको झडपका क्रममा केही जनप्रतिनिधि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिनुभयो।

नेपाल प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि गाउँसभा पुनः सुरु गर्नका लागि छलफल जारी रहेको मिश्रले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *