धादिङको धुनिबेसी लेक : गुर्दुममा वर्षायाममै खानेपानीको चरम समस्या (भिडियो रिपोर्टसहित)

२०८० भदौ १५ गते २०:५३
धादिङको धुनिबेसी लेक : गुर्दुममा वर्षायाममै खानेपानीको चरम समस्या (भिडियो रिपोर्टसहित)

१५ भदौ २०८० धादिङ । धादिङको धुनिबेसी लेकको नामले समेत परिचित गुर्दुम गाउँमा वर्षायाममै खानेपानीको चरम समस्या छ । सिंगो गाउँमा भएको एउटा धाराले बर्खामा जसो तसो निर्वाह गरिरहेका छन् । गुर्दुम गाँउमा पानी थाप्नको लागि नियमनै लगाइएको छ ।

कविता तामाङ, दुधे बच्चा र पिठ्युमा पानी बोकेर धारा र घर गर्नु उहाँको दैनिकी हो । एकै दिनमा धेरै पटक कविता यही बाटो ओहोर दोहोर गर्नुहुन्छ । धादिङको धुनीबेसी नगरपालिका गुर्दुमका ६८ घरपरिवारका नागरिक वर्षौंदेखि पानी अभावको समस्या भोग्दै आएका छन् ।

बिहान उज्यालो नहुँदै गाउँलेहरु गाग्री, जर्किन, बोत्तल बोकेर धारोमा पानी लिन पुग्छन् । अधिकांशले पहँलो रंगको जर्किन बोक्छन् । धाराभन्दा टाढा हुनेहरुले अघिल्लो दिन साँझ नै पानी थाप्ने रभाँडो लाइनमा राख्छन । यहाँ जस्लाई जति नै अत्याश्वक काम परोस, पालो मिच्न भने पाइँदैन् ।

वर्षायामै खानेपानीको चरम समस्या गुर्दुम गाउँ नियती हो । खोलाको पानीलाई मेसिनको सहायताले तानेर सिंगो गाउँमा वितरण हुँदै आएको छ । धाराबाट दैनिक एक परिवारका लागि चार भाडाको दरले वितरण गरिन्छ ।

भौगोलिक रुपमा काठमाडौं र मुख्य राजमार्ग पृथ्वी राजमार्गसँग जोडिएको धुनिबेसी नगरपालिकामा रहेको गुर्दुम गाउँका नागरिकले नगरपालिकामा बसेजस्तो कुनै सुविधा पाएका छैनन् । पानी अभावसँगै यो गाउँका
नागरिक खानेपानीमात्र होइन, सडक, विजुलीको सुविधाबाट समेत बञ्चित छन् ।सिंगो गाउँमा एक धारा मात्रै हुनुले सरकारको एक घर एक धाराको नीतिलाई नै व्यंग्य गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *