Main News

धादिङमा भएको बस दुर्घटनामा आठ जनाको मृत्यु

२०८० भदौ ६ गते १३:०९
धादिङमा भएको बस दुर्घटनामा आठ जनाको मृत्यु

६ भदौ २०८० धादिङ । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । बसमा २५ जना यात्रु रहेको बताइएको छ ।

दुर्घटनामा ८ जनाको मृत्युभएको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले जानकारी दिनुभयो । बसमा सवार ८ जना घाइते भएका छन्, उनीहरुको उपचारका लागि अस्पताल लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *