धनगढी

सुदूरपश्चिमको धनगढीमा आज नेकपा ओली समूहको कार्यकर्ता प्रशिक्षण

२४ पुस २०७७ काठमाडौं । प्रधानमन्त्रीको उपस्थितिमा नेकपाको ओली समूहले आज सुदूरपश्चिमको धनगढीमा प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि ओली पहिलोपटक उपत्यका बाहिर सार्वजनिक सभालाई सम्बोधन गर्न लाग्नु भएको हो । ओली समूहले...

धनगढी पुगेर सांसद थापाले भने–भ्रष्टाचारी खोज्न बालुवाटार र सिंहदरबार गए पुग्छ

२९ मंसिर, २०७७ धनगढी । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली सडकमा नाङ्गै हिँडिराखेको आरोप लगाउनु भएको छ। कैलालीको धनगढीमा आज सरकार विरूद्ध कांग्रेसले गरेको प्रदर्शनमा थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै भन्नुभयो...

यातायात कार्यालय धनगढीको लापरवाही, कोरोनालाई खुला चुनौती (भिडियोसहित)

२४ मंसिर, २०७७ धनगढी । दैनिक सेवाग्राहीको भीड हुने धनगढीको यातायात व्यवस्था कार्यालयमा कोरोनाको कुनै प्रभाव देखिएको छैन । यातायात व्यवस्था कार्यालय धनगढीको भीड हेर्दा कोरोनाको प्रकोप सकिएको हो कि भन्ने लाग्छ । कार्यालयले सुरक्षाका कुनै सावधानी अपनाएको छैन...

धनगढीमा गोपीचन्द पार्की सम्मानित

१८ मंसिर, २०७७, धनगढी । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तथा टोकियो ओलम्पिकका लागि छनोट भएका म्याराथन धावक गोपीचन्द पार्कीलाई सम्मान गरिएको छ। धनगढीस्थित कभर्डहलमा सम्मान कार्यक्रम आयोजना गरी कैलाली जिल्ला तथा नेपाल एथलेटिक्स...

धनगढीको फाप्ला क्रिकेट मैदानः बजेट फ्रिज हुँदै, गौरवको आयोजना अलपत्र (भिडियोसहित)

७ मंसिर, २०७७, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणासहित गौरवको आयोजनामा राखेको दुई वर्ष बितिसक्यो । तर अहिलेसम्म काम अघि बढाउन सिन्को पनि भाँचिएको छैन । काम नभएपछि एकातिर बजेट फ्रिज हुँदै आएको...

दशैंका बेला सधैं भरिभराउ हुने धनगढी बसपार्क यो वर्ष यस्तो सुनसान (भिडियोसहित)

२६ असोज, २०७७ धनगढी । दशैंको बेला यात्रुले भरिभराउ हुने सुदूरपश्चिमको व्यस्त धनगढी बसपार्क यो वर्ष सुनसान छ । कोरोना महामारीका कारण यात्रुहरुको चाप यो वर्ष घटेको हो । करिब ६ महिनापछि सञ्चालनमा आएका सार्वजनिक गाडीले दशैंतिहारमा पनि यात्रु...

धनगढी मालपोतमा सेवाग्राहीको भिड, न भौतिक दूरी न सुरक्षाका मापदण्ड (भिडियोसहित)

७ असोज, २०७७, कैलाली । कैलालीका मालपोत कार्यालयमा पहिलेभन्दा बढी भिड हुन थालेको छ । कार्यालयमा सरकारले बनाएका सुरक्षा मापदण्ड पालना नहुँदा कोरोना संक्रमणको जोखिम बढेको छ । भूमिसुधार तथा मालपोत कार्यालय कैलालीमा यतिबेला भिड छ । असोज १...

धनगढीमा विद्युतका तार र पोलका कारण बढ्यो जोखिम (भिडियोसहित)

६ असोज, २०७७, धनगढी । विद्युत प्राधिकरणको बेवास्ताका कारण धनगढी उपमहानगरपालिकामा तार र पोल अव्यवस्थित हुन सकेका छैनन् । उपमहानगरपालीकाभित्र रहेका पोल कतिपय ढल्ने अवस्थामा रहेका छन् भने ट्रान्समिटरका बाकस खुल्ला र बच्चाले समेत छुन सक्ने अवस्थामा छन् ।...

लगातारको वर्षासँगै कैलालीको धनगढीका अधिकांश क्षेत्र डुबानमा

२६ साउन, २०७७, धनगढी । वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेका छन्। धनगढीको क्याम्पस रोड, शिवनगर, एल एन चोक, पार्कचोक, विशालनगर, मिलनचोक, चौराह, उत्तरबेहडी, चटकपुरलगायतका अधिकांश क्षेत्रमा डुबान भएको हो । विशालनगरमा घरमा पानी पसेपछि झण्डै...

प्रदेश राजधानी धनगढी कटान र डुबानको जोखिममा (भिडियोसहित)

१० साउन, २०७७, धनगढी । देशका बिभिन्न ठाउँमा बाढी पहिरोले बितण्डा मचाइरहेका बेला सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी पनि कटान र डुवानको जोखिममा छ । धनगढीको अधिकाश क्षेत्र नदिले घेरेको छ । तर तटबन्द नहुँदा बर्षेनि नदिले कटान बढाइरहेको...