सडक विस्तार गर्न नदिने धनगढी उपमहानगरपालिकालाई धनगढीवासीकाे जवाफ (भिडियो रिपोर्टसहित)

२०७९ असोज ११ गते १७:५१
सडक विस्तार गर्न नदिने धनगढी उपमहानगरपालिकालाई धनगढीवासीकाे जवाफ (भिडियो रिपोर्टसहित)

११ असोज २०७९ कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले सडक विस्तारका लागि संरचना हटाउन गरेको सूचनाको नागरिकले बेवास्ता गरेका छन् । मुख्य सडकको दायाँबायाँ पर्ने संरचना हटाउन दिएको निर्देशनलाई अवज्ञा गर्ने घरधनी र व्यवसायीले जवाफ दिएका छन् ।

धनगढी उपमहानगरपालिकाले भदौ १३ गते धनगढीको मुख्य सडकको १५ मिटर दायाँबायाँ पर्ने संरचना हटाउन निर्देशनसहितको सूचना जारी गर्‍यो । तर, सूचना अनुसार संरचना हटाउन घरधनी तयार छैनन् । मुख्य सडक तीन पटकसम्म विस्तार भइसकेकाले पुनः नागरिक घरबारबिहीन हुने भन्दै हटाउन नहुने घरधनीको तर्क छ ।

क्षतिपूर्तिबिना संरचना नहटाउने घरधनीको अडानमा व्यवसायीले पनि सहमति जनाएका छन् । उपमहानगरपालिकाले बिना सल्लाह एकल निर्णय गर्न नहुने उनीहरूको तर्कछ । कोरोनाले थला परेको व्यवसाय बैंकको चर्को ब्याजले झन् थला परिरहँदा घर भत्काउने निर्णयका कारण व्यावसयी पुनः उठ्न नसक्ने भन्दै निर्णय सच्याउन व्यवसायीले माग गरेका छन् ।

उपमहानगरपालिकामा अहिले क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत १० किलोमिटरभन्दा बढी सडक निर्माणधीन अवस्थामा छ । बन्दै गरेका सबै सडकको अवस्था दयनीय छ । निर्धारित समयमा सडक नबन्दा नागरिकलाई आवतजातमा समस्या भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *