कक्षा ८ : धनगढीको १७ वटा सामुदायिक र एउटा संस्थागत विद्यालयका सबै विद्यार्थी अनुत्तीर्ण (भिडियो रिपोर्टसहित)

२०८० वैशाख ५ गते २०:४७
कक्षा ८ : धनगढीको १७ वटा सामुदायिक र एउटा संस्थागत विद्यालयका सबै विद्यार्थी अनुत्तीर्ण (भिडियो रिपोर्टसहित)

५ वैशाख २०८० धनगढी। आइतबार प्रकाशित भएको धनगढीको आधारभूत तह कक्षा ८ को परीक्षाको नतिजाले धनगढीका सामुदायिक विद्यालयको हविगत देखाएको छ ।

विगतमा उपमहानगरलाई प्रभावित बनाएर, ग्रेस दिन लगाएर सतप्रतिशत नतिजा हासिल गर्न अभ्यस्त विद्यालयलाई यो पटक भने झट्का लागेको छ । उपमहानगरले परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनमा कडाइ गरेपछि १७ वटा सामुदायिक र एउटा संस्थागत विद्यालयमा सबै विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

धनगढी उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार धनगढीमा ६३ सामुदायिक विद्यालय छन्। ६३ मध्ये १७ विद्यालयमा आगामी शैक्षिक सत्रमा कक्षा ९ मा भर्ना हुने विद्यार्थी अहिलेसम्म छैनन् ।

किनकी उपमहानगरले सञ्चालन गरेको कक्षा ८ को परीक्षामा सबै विद्यार्थी अनुत्तीर्ण भएका छन्। विगतमा विद्यालयले आन्तरिक मुल्याकंनबाटै विद्यार्थीको नतिजा पठाउने भएपनि यस पटक उप महानगर आफैले कक्षा ८ को परीक्षा सञ्चालन गरेको थियो । फरक परीक्षा केन्द्र तोकेर कक्षा ८ को परीक्षा सञ्चालन गर्दा नतिजा अत्यन्त कमजोर देखिएको छ ।

अहिले शून्य नतिजा निकालेका विद्यालयले अघिल्ला शैक्षिक सत्रका परीक्षामा भने शतप्रतिशत नतिजा ल्याउँदै आएका थिए । उपमहानगरले कडाईका साथ परीक्षा संचालन गर्दा विद्यालयको स्तर कस्तो रहेछ भन्ने प्रमाणित भएको छ । यसले धनगढीका विद्यालयमा हलचल मच्चिएको छ ।

प्रधानाध्यापक, त्रिनगर माध्यामिक विद्यालय
यी हुन् सबै विद्यार्थी फेल हुने सामुदायिक विद्यालयहरू
१. सरस्वती आधारभूत विद्यालय
२. नव ज्योति आधाभूत विद्यालय
३. जनता राष्ट्रिय माध्यमिक विद्यालय
४. भैरवबाबा आधाभूत विद्यालय
५. सरस्वती आधारभूत विद्यालय
६. शिव माध्यमिक विद्यालय
७. भानु माध्यमिक विद्यालय
८. सज्जन आधारभूत विद्यालय
९. दिपेन्द्र चारपाते माध्यमिक विद्यालय
१०. शिवशंकर आधारभूत विद्यालय
११. सिद्धार्थ आधारभूत विद्यालय
१२. खप्तडी आधारभूत विद्यालय
१३. इन्द्रोदय आधारभूत विद्यालय
१४. फूलबारी आधारभूत विद्यालय
१५. नवदुर्गा आधारभूत विद्यालय
१६. दुर्गा आधारभूत विद्यालय
१७. जनकल्याण माध्यमिक विद्यालय

यी विद्यालयमा अध्ययन गर्ने कक्षा ८ का कुनै विद्यार्थीले कक्षा ९ मा भर्ना हुन आवश्यक पर्ने ग्रेड ल्याएनन्। नतिजाका कारण धनगढीका कतिपय विद्यालयमा आउँदो शैक्षिक सत्रमा कक्षा नौमा विद्यार्थीको संख्या न्यून हुनेदेखिएपछि उपमहानगरले ग्रेडबृद्धीका लागि परीक्षा सञ्चालन गर्ने भएको छ ।

धनगढी(३ बोराडाँडीमा रहेको मोडर्न स्कुलका कुनै विद्यार्थीले कक्षा ८ को परीक्षामा ९ कक्षा पास गर्न सकेनन् । त्यसैले उपमहानगरले बैशाख २९ र ३० मा ग्रेड वृद्धि परीक्षा गर्ने सूचना सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *