विदेश

चिलीमा डढेलोमा परेर मृत्यु हुनेको संख्या ९९ पुग्यो

हिमालय टिभी
२०८० माघ २२ गते ८:३१
चिलीमा डढेलोमा परेर मृत्यु हुनेको संख्या ९९ पुग्यो

२२ माघ २०८० चिली । चिलीको भाल्पाराइसो क्षेत्रको जंगलमा लागेको डढेलोमा परेर मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

धेरै प्रभावितहरू गर्मीको बिदामा तटीय क्षेत्र भिना डेल मार घुम्न गएकाहरु रहेको बताइएको छ । आन्तरिकमन्त्री क्यारोलिना तोहाले वेपत्ता हुनेहरुको संंख्या सयौं रहेकाले मृत्यु हुनेको संख्या धेरै बढ्न सक्ने बताएकी छन् ।

हजारौं घरहरु जलेका छन् । आगलागीबाट ३ देखि ६ हजारसम्म घर प्रभावित भएको जनाइएको छ । राष्ट्रपति गेब्रियल बोरिकले आपतकालिन अवस्थाको घोषणा गरेका छन् ।

आपतकालीन सवारीलाई प्रभावित क्षेत्रमा सजिलोसंग लैजान केही क्षेत्रहरुमा कर्फ्यू लगाइएको छ । चिलीको इतिहासमै अहिलेसम्मकै घातक डढेलो नियन्त्रणका लागि अग्निनियन्त्रकहरु संघर्ष गरिरहेको छन् ।

देशभर ९२ वटा जंगलमा लागेको डढेलोका कारण ४३ हजार हेक्टरभन्दा बढी क्षेत्र प्रभावित भएको सरकारी तथ्यांक छ । तीब्र गतिको हावा र असामान्य तापमानका कारण डढेलो फैलिएको मौसमविद्हरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *