बिशेष

माओवादी विधान अधिवेशन, निर्वाचन प्रक्रियामा मतभेद (भिडियो रिपोर्ट)

२०८० फागुन १ गते २०:२६
माओवादी विधान अधिवेशन, निर्वाचन प्रक्रियामा मतभेद (भिडियो रिपोर्ट)

१ फागुन २०८० काठमाडौं  ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो पटक पार्टीका सबै तह र पदमा प्रत्यक्ष निर्वाचनमार्फत कमिटी निर्माण गर्ने प्रस्ताव गर्नुभएको छ ।

अध्यक्ष दाहालले पार्टीको विधान सम्मेलनमा पार्टी कमिटीमा निर्वाचन गराउने गरी विधान मस्यौदा प्रस्ताव गरेपनि मूल नेतृत्व आफ्नैं वरिपरी नै घुमाउने गरी छलफल अघि बढाइए भन्दै असन्तुष्टि देखिएको छ । रुपमा जे जस्तो भए पनि सारमा पार्टीको विधान आगामी दिनमा अध्यक्ष दाहालमै केन्द्रीत हुने स्पष्ट छ । कतिपयले प्रस्तावित निर्वाचन प्रक्रियामा असन्तुष्टि देखाएका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको माओवादी केन्द्रको विधान अधिवेशनमा प्रस्तावित मस्यौदा विधानबारे सामान्य ब्रिफिङ र मस्यौदा प्रस्ताव पेस गर्दै अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचनमार्फत नै स्थानीय तहदेखि केन्द्रीय कमिटीसम्म प्रत्यक्ष निर्वाचन प्रणाली अपनाइने बताउनुभयो । उहाँले तर्क र तथ्यसहित नेतृत्वका लागि कोही आएमा आफू नेतृत्व छाडन् तयार रहेको दाबी पनि गर्नु भयो ।

अध्यक्ष दाहालले प्रत्यक्ष निर्वाचनबाट पार्टी कमिटी चयन गर्ने र आफू पद छाड्न तयार रहेको दाबी गरेपनि विधानबाटै अझै आफूलाई बलियो र अधिकार केन्द्रीत गर्न खोजिरहनु भएको छ भन्नेमा कुनै शंका छैन् । तीन दशकदेखि पार्टीको नेतृत्वमा रहेका प्रचण्डले यो विधान सम्मेलनपछि आफूलाई थप बलियो बनाउँदै आगामी महाधिवेशनपछि पनि नेतृत्वमै रहने इच्छा देखाउनुभएको छ । पार्टीका पदाधिकारीहरु पनि अहिलेसम्म अध्यक्ष दाहालको विकल्प खोज्ने समय नभएको बताउँछन् ।

अहिले माओवादीमा तल्लो तहदेखि पदाधिकारीसम्म निर्वाचन गराउने बिषयमा विधान सम्मेलनमै छलफल भएको अध्यक्ष प्रचण्डको चाहनामा नभएर पार्टीका उपमहासचिव जनार्दन शर्माको पुरक मस्यौदाको प्रस्तावका कारण हो । ४९ प्रतिशत समानुपातिक र ५१ प्रतिशत खुल्ला प्रतिस्पर्धाको मोडलमा जान खिजिएको विधानमा शर्माले राखेकाे फरक मतबारे पनि छलफल हुँदै छ । शर्माले सबै प्रत्यक्ष निर्वाचित हुनुपर्ने र दुई कार्यकाल मात्रै एउटा पदमा रहन पाउनुपर्ने पुरक प्रस्ताव गर्नुभएको थियो । प्रस्तावित मस्याैदामा केन्द्रीय पदाधिकारी महाधिवेशनले होइन केन्द्रीय कमिटीले चयन गर्ने उल्लेख छ ।

के छ माओवादीको प्रस्तावित विधान मस्यौदामा ?

सबै तह र पदमा निर्वाचनमार्फत समिति बनाउने

पार्टीका संरचनाको आकार घटाउने

केन्द्रीय समिति बढीमा १५१ सदस्यीय बनाउने

जनवादी अभ्यासलाई मुलमर्म बनाउने

समावेशी प्रतिनिधित्व न्यायोचित बनाइने

१० प्रतिशत सहवरणको प्रावधान राख्ने

केन्द्रीय पदाधिकारी केन्द्रीय कमिटीले चयन गर्ने

पार्टीलाई लोकतान्त्रिक र नेपाली पन सुहाउँदै बनाउँदै जनमतमा शक्तिशाली बन्ने

आम अभ्यासमा परिस्कृत गर्दै नेताको जीवनशैली सामान्य बनाउने

मस्यौदा छलफलका लागि २० समूह

विधान अधिवेशनमा प्रस्तावित मस्यौदा विधानमाथि छलफल गर्न २० समूह बनाइएको छ । २० समूहमा टोली नेता चयन गरेर छलफल अघि बढाइएको छ । प्रत्येक समूहमा चयन गरिएका संयोजकले बुधवार विधान सम्मेलनको हलमा निचोड प्रस्तुत गर्ने छन् ।

https://fb.watch/qbf2pgtOTk/

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *