सडक बत्ती नहुँदा विद्यार्थीलाई समस्या (भिडियो रिपोर्टसहित)

२०८० मंसिर २७ गते १७:११
सडक बत्ती नहुँदा विद्यार्थीलाई समस्या (भिडियो रिपोर्टसहित)

२७ मंसिर २०८० कञ्चनपुर । सडक बत्ती नहुँदा कञ्चनपुरको भीमदत्त नगरपालिकाका उत्तरी भेगबाट विहान सदरमुकाम पढ्न आउने विद्यार्थीलाई समस्या छ ।

पढ्नका लागि झिसमिसेमै साइकल लिएर निस्किने विद्यार्थीलाई एकातर्फ सुरक्षा चुनौती छ भने सडक दुर्घटनाको त्रास पनि उत्तिकै छ । नगरपालिकाले सडक बत्ती जडान र मर्मतका लागि बर्सेनि बजेट छुट्याए पनि काम अघि बढ्न सकेको छैन् ।

भीमदत्त नगरपालिकाका उत्तरी तथा दक्षिणीसहितका विभिन्न ठाउँहरुबाट विहानको कक्षामा सहभागि हुने अधिकांश विद्यार्थी साइकलमा यात्रा गर्छन । कतिपय विद्यार्थीलाई १० देखि १५ किलोमिटरसम्मको यात्रा गर्नुपर्छ ।

बिहान ६ बजेको कक्षा लिनका लागि झिसमिसेमै क्याम्पस जाँदा सडकका कुकुरदेखि जंगली जनावरको त्राश मनभरी रहन्छ । हिउँदमा ढिलो उज्यालो हुने र सडकमा हुस्सु लाग्ने हुँदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।

कञ्चनपुरका धेरै जसो सडकमा बत्ती छैनन् । भएका बत्तीहरु पनि बिग्रिएका छन् । जिल्लामा लागु औषध दुव्र्यसनीको संख्या धेरै भएको र नजिकै राष्ट्रिय निकुञ्जको जंगल हुँदा विद्यार्थीलाई मानिस र जनावर दुबैबाट खतरा छ ।

भीमदत्त नगरपालिका भने नगरपालिका भित्र वडा कार्यालय मार्फत सडक वत्ती जडानका लागि बजेट विनियोजन गर्ने गरेको बताउँछ । बेलाबेला मर्मत गरिरहेको नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काको भनाइ छ ।

सडक वत्तीको लागि भीमदत्त नगरपालिकाले बर्सेनि बजेट छुट्याउँदै आएको छ । गत आर्थिक वर्षमा सडक बत्ती मर्मतका लागि तीन लाख २५ हजार छुट्याएको नगरपालिकाले चालु आर्थिक वर्षमा पाँच लाख विनियोजन गरेको छ । तर, मर्मत भएको भने देखिँदैन ।

नजिकैको शहर धनगढीमा झिलीमिली बत्ती वलिरहँदा महेन्द्रनगरमा भने अन्धकार हुन्छ । समयमै नगरपालिकाले ध्यान नदिने हो भने भोलिको दिनमा कुनै दुर्घटना नहोला भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *