खेलकूद
प्रिमियर लिगमा आर्सनलसँग लिभरपुल पराजित
२०८० माघ २२ गते ८:२७
२२ माघ २०८० काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले लिभरपुललाई हराएको छ ।
गएराति इमिरेट्स रंगशालामा भएको खेलमा घरेलु टोली आर्सनल ३ –१ ले विजयी भएको हो । आर्सनलको जितमा बुकायो साका,गाब्रिएल मार्टीनेली र लियान्द्रो ट्रोसार्डले एक एक गोल गरे।
पहिलो हाफको अन्त्यतिर आर्सनलका गाब्रिएल माघालेसले आत्मघाती गोल गरेका थिए । जितसंगै आर्सनलले शीर्ष स्थानको दूरी घटाएको छ। दोस्रो स्थानको आर्सनलको २३ खेलमा ४९ अंक छ। लिभरपुल २३ खेलमा ५१ अंक सहित शीर्ष स्थानमा कायमै छ।
गएराति नै भएको अर्को खेलमा चेल्सी उल्भ्ससँग ४–२ ले पराजित भयो। म्यान्चेस्टर युनाइटेडले वेष्टह्यामलाई ३–० ले हराएको छ।
प्रतिक्रिया