Main News

पाल्पामा जीप दुर्घटना, ८ जनाको मृत्यु

हिमालय टिभी
२०८० फागुन १ गते २०:१३
पाल्पामा जीप दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं : पाल्पाको मस्याम चिदीमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउँ गाउँपालिकाको चिस्दिका लागि छुटेको लु १ ज २३७१ नम्बरको जीप कच्ची सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

अहिलेसम्म आठ जनाको शव फेला परेको र मृतकको संख्या थप हुन सक्ने प्रहरीले जनाएको छ । जीपमा २० जना सवार रहेको बताइएको छ । प्रहरीका अनुसार शव संकलन तथा उद्दार कार्य जारी छ । घाइतेहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्