पाँचथर र इलामको सिमानामा पर्ने सुकेटार क्षेत्र पर्यटकीय गन्तव्य (भिडियो रिपोर्टसहित)

२०८० मंसिर २६ गते १५:१७
पाँचथर र इलामको सिमानामा पर्ने सुकेटार क्षेत्र पर्यटकीय गन्तव्य (भिडियो रिपोर्टसहित)

२६ मंसिर २०८० पाँचथर । पाँचथर र इलामको सीमानामा पर्ने सुकेटार क्षेत्र पर्यटकीय गन्तव्य बन्न थालेको छ ।

पछिल्लो समय सडक पूर्वाधारसमेत बनेपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्न थालेका हुन् । सुकेटारको मनोरम दृष्यमा रम्न जानेहरुलाई आसपासका अन्य गन्तव्यले पनि प्रभावित पार्ने गरेका छन् ।

सहज बाटो, हिमालय पर्वत श्रृङ्खलाको अभूतपूर्व दृष्य, सिजनअनुसार फेरिने परिवेशका कारण पाँचथर र इलामको सिमानामा पर्ने सुकेटार उत्कृष्ट गन्तव्य भएको अनुभव पर्यटकको छ ।

यो ठाउँमात्र नभई पाँचथरका लोहाकिल, इलामको कुहिभिर, पाटेनागी लगायतका क्षेत्रमा अहिले पर्यटकको उपस्थिति बढ्दै गएको छ । इलाम र पाँचथर दुबैतिर पर्यटन विकासका प्रयास भईरहेको छ भने मौसम अनुसारको फरक विशेषता भएकाले यो ठाँउ रोजाईमा छ ।

मेची राजमार्गको नजिक पर्ने यो ठाउँको विकास गर्न सके आन्तरिक र वाह्य पर्यटक पर्याप्त आउने सम्भावना देखिन्छ । नयाँ बर्ष, चाडपर्वको अवसर तथा वनभोजका लागि आन्तरिक पर्यटकहरु सुकेटार पुग्ने गरेका छन् ।

आसपासमा नाकढुङ्गा, महादेव स्थान, पौवाभञ्जयाङ, सिलौटी लोब्रेकुटी, साधुटारजस्ता गन्तव्य भएकाले विभिन्न घुम्नेलाई महत्पूर्ण हुन्छ । पर्यटकको आवागमन बढेसँगै यहाँ उनीहरुका लागि बस्ने र खाने सुविधाका लागि स्थानीय सक्रिय भएका छन् ।

वर्षामा घाँसे मैदानले आकर्षित गर्ने यो क्षेत्र हिउँदमा थरिथरिका गुराँसले ढकमक्क हुन्छ । हिउँद सुरु भएसँगै हिउँ खेल्न जानेको रोजाइमासमेत पर्ने गरेको छ सुकेटार ।

मेची राजमार्गदेखि नजिक भएकाले यो क्षेत्र उत्कृष्ट गन्तव्य बन्ने देखिन्छ । सुकेपोखरीसम्म सडक स्तरउन्नति, संकेतबोर्ड, होमस्टेको विकास, भ्यू पोईन्ट, शौचालय जस्ता निर्माणका काम आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *