धनगढीमा त्रिपक्षीय भिडन्त– कस्ले मार्ला बाजी ? (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख १२ गते २१:४३
धनगढीमा त्रिपक्षीय भिडन्त– कस्ले मार्ला बाजी ? (भिडियो रिपोर्टसहित)

१२ वैशाख २०७९ धनगढी । सुदूरपश्चिम प्रदेशको एक्लो उप महानगरपालिका धनगढीमा त्रिपक्षीय भिडन्त हुने भएको छ । ५ दलीय गठबन्धन, नेकपा एमाले र स्वतन्त्र उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नृपबहादुर वड, एमालेबाट रणबहादुर चन्द र स्वतन्त्र उमेदवार गोपाल हमाल लगायतले मनोनयन दर्ता गराउनु भएको छ ।

धनगढी उपमहानगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा २ हजार ७ सय मतले पराजित भएका स्वतन्त्र उमेदवार गोपाल हमालले यो पटक चुनाव जित्ने दाबी गर्नुभएको छ । दलीय उम्मेदवारबाट स्थानीय तहमा विकास सम्भव नभएकाले स्वतन्त्रकै पक्षमा मतदान हुने हमालको तर्क छ ।

विद्यार्थी राजनीतिबाटै सक्रिय एमाले नेता रणबहादुर चन्दले मेयर पदको टिकट पाएसँगै धनगढीमा नयाँ तरङ्ग पैदा भएको छ । ५ दलीय गठबन्धन या स्वतन्त्र उम्मेदवार कसैले पनि एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने चन्दको जिकिर छ ।

२०७४ सालको निर्वाचनबाट मेयर पदमा निर्वाचित भएका नृपबहादुर वड सत्ता गठबन्धनको तर्फबाट फेरि मेयर पदमा अगाडि सारिनु भएको छ । गत निर्वाचनमा एक्लै विजयी भएको बताउँदै वडले अब धेरै मतान्तरले जित्नु दाबी गर्नुभयो ।

धनगढी उप महानगरपालिकामा सत्ता गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवारले आफूले जित्ने दाबी गर्नु स्वाभाविक होला । तर कसको दाबी सही ठहरिने हो त्यो त वैशाख ३० गते हुने निर्वाचनबाट टुङ्गो लाग्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *